Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेको घोषणापत्र : आगामी ५ वर्षभित्र जीडीपी १०० खर्ब रुपैयाँ पुर्‍याउने



काठमाडौं : नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।

उक्त घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १०० खर्ब रुपैयाँ पुर्‍याउने दाबी गरिएको छ ।

अहिले करिब ४८ खर्ब जीडीपी रहेको भन्दै यसलाई वृद्धि गरेर १०० खर्ब रुपैयाँ पुर्‍याउने एमालेले दाबी गरेको हो ।

‘हालको करिब रु. ४८ खर्बको कुल गार्हस्थ उत्पादन (जीडीपी)लाई आगामी पाँच वर्षभित्र रु. १०० खर्ब पुर्‍याउनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार