विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको आज सम्पन्न दोस्रो पूर्ण बैठकले २०८२ सालका लागि वार्षिक कार्ययोजना, कार्यान्वयन कार्यतालिका र बजेट अनुमोदन गरेको छ । आगामी वर्षको कार्ययोजनामा विशेषतः जनसंगठन परिचालन, वडा कमिटी सुदृढीकरण र लेवी व्यवस्थापनमा केन्द्रित हुनेगरी योजना पारित गरिएको सचिव विज्ञान चापागाईले बताए ।
बैठकले महानगर कमिटीको सचिवालयमा पाँच जना नयाँ सदस्यहरू मनोनयन गरेको छ । मनोनयन हुनेमा विष्णु पौडेल, राम पाण्डे, प्रमोद खतिवडा, तुलसी घिमिरे र संगीता देव रहेका छन् । महानगर कमिटीका सदस्यमा जितन थापा, प्रवेशकुमार लम्साल, अबोध गौतम र सुरेन शाक्यलाई चयन गरिएको छ।
बैठकले स्कुल विभागको जिम्मेवारी अध्यक्ष बलराम गिरी र उपसचिव हिमा मैनालीलाई दिने निर्णय गरेको छ ।
यस्तै संगठन विभागको जिम्मा सचिव चापागाई, संगठन विभागको प्रमुखमा कमरेड विज्ञान चापागाई, कोष तथा वित्त व्यवस्थापन विभागमा उपाध्यक्ष सुरज न्यौपाने, प्रचारप्रसार तथा प्रकाशन विभागको प्रमुखमा उपसचिव हमिद आजाद, निर्वाचन समितिको संयोजकमा विष्णु तामाङ, समृद्ध विराटनगर कार्ययोजना कार्यदलको संयोजकमा अध्यक्ष गिरी, सदस्यहरुमा विज्ञान चापागाईलाई चयन गरेको छ । यस्तै लेखा समितिको संयोजकमा बोधराज घिमिरेलाई मनोनित गरिएको छ।
बैठकमा बोल्दै नेकपा एमाले मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेले पार्टीका हरेक गतिविधिमा जनतालाई जोड्न आग्रह गरे । उनले जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध अझ मजबुद हुनु पर्ने बताए । उनले कार्ययोजनालाई कार्यान्वयन गर्न सबैको साथ आवश्यक हुने बताउँदै सबैलाई सहयोग गर्न आग्रह गरे । बैठकमा कोशी प्रदेश सचिवालय सदस्य परशुराम बस्नेत, जिल्ला उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा र उपसचिव सन्तोष बान्तवालगायतको सहभागिता रहेको थियो ।