Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ओलीले आमजनतालाई भने : कमेन्ट नगर्नू, बरु मोबाइल नम्बर दिनू सिधै कुरा गरौं



file photo

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले जनतासँग प्रत्यक्ष कुरा गर्न चाहेको बताएका छन्।

चुनावी तयारीमा रहेका ओलीले मंगलबार सामाजिक सञ्जालमार्फत आग्रह गर्दै कात्तिक ४ पछि आफू जनताको प्रत्यक्ष सम्पर्कमा हुने बताएका छन्।

कात्तिक ४ गते, म तपाईंको सम्पर्कमा हुनेछु । आउनुस् कुरा गरौं,’ उनले फेसबुकमा लेखेका छन्।त्यसका लागि ओलीले आफ्नो फेसबुक पेजको म्यासेज बक्समा मोबाइल नम्बर पठाउन आमजनतालाई अनुरोधसमेत गरेका छन्।

‘मेरो फेसबुकमा पेजको म्यासेज बक्समा आफ्नो मोबाइल नम्बर गर्नुहुन अनुरोध गर्दछु,’ उनको आग्रह छ।ओलीले यस्तो आग्रह गरिरहँदा धेरैले फेसबुकमा कमेन्ट गरेका छन् । ती कमेन्ट सकारात्मक र नकारात्मक दुवै छन्।
यता, ओलीले भने कमेन्ट नगर्न आग्रह गर्दै इनबक्समा म्यासेज पठाउन भनेका छन्।

यहाँ कमेन्टमा होइन इनबक्समा मेसेज गरी सम्पर्क नम्बर दिनुहोला। म सम्पर्क गर्ने छु।,’ उनले आफैँले लेखेको स्टाटसमा कमेन्ट गर्दै भनेका छन्।पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली झापा क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धामा छन्।यसअघि, ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले चुनावी मुद्दाबारे खुला बहस गर्न चाहेको बताएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार