पथरी : लिगको अन्तिम खेलमा विजयी भए पनि आइतबारे अस्त्र पथरीशनिश्चरे प्रीमियर लिग क्रीकेटबाट बाहिरिएको छ ।
आइतबारेले क्लासिक एलाभेनमाथि ३३ रनको जित निकाल्दै सान्तवना जित दर्ता गरेको छ । हसहन्दको हारले प्ले अफ पनि रोचक बनेको छ ।
आइतबारेले २० ओभरमा ६ बिकेट गुमाएर दिएको १९२ रनको लक्ष्य हसहन्दले पुरा गर्न सकेन ।
४८ रन बनाएका हसहन्दका संन्जिव धिमाल आइतबारेका कप्तान द्रोणजंग बस्नेतको बलमा आर्मश राईबाट क्याच आउट भए । बुद्ध आलेमगरले २९ र निशान ढकालले १६ रन बनाउन बाहेक अन्यले हसहन्दका तर्फबाट गतिलो रन बनाउन सकेन ।
आइतबारेका द्रोणजंग बस्नेतले ५ बिकेट लिए । आइतबारेका शुसिल काफ्ले, फडिन्द्र पौडेल, आदर्श कार्की र समिर कटुवालले १-१ बिकेट लिए ।
त्यस अघि ब्याटिङ गरेको आइतबारेले २० ओभर खेल्दै ६ बिकेट गुमाउदै १९२ बनायो ।
जसका लागी संन्जय मुर्मुले अबिजित ८१ रनको योगदान दिए । सुशिल काफ्लेले ३७ र आर्मस राईले १३ रन बनाए । हसहन्दका संन्जिव धिमालले ३ बुद्ध आलेले २ र सोलोमान राईले १ बिकेट लिए ।
खेलको म्यान अफ दि म्याच संन्जय मुर्मु घोषित भए ।
दोश्रो खेलमा किर्तिपुर सातबाघ बिजयी भयो । सातबाघले मंगलबारे लेजेन्ड माथी ९८ रनको जित हासिल गर्यो ।
सातबाघले दिएको १७३ रनको लक्ष्य पछ्याएको मंगलबारे १७ ओभर २ बलमा अलआउट हुदै ७५ रन बनायो । मंगलबारेका योगेश श्रेष्ठले १७ र निकेश बस्नेतले १५ रन बनाउन बाहेक अन्य खेलाडिले उत्कृष्ट खेल्न सकेन्न ।
मंगलबारेलाई सस्तैमा समेटन २ ओभर बलिङ गरेका दिपेश भण्डारीले ११ रन दिदै ३ बिकेट लिए । सातबाघका अस्विन महत र दिप सुबेदीले समान २-२ बिकेट लिए भने केलिन राई र रहर लामाको नाममा १-१ बिकेट लिए ।
यस अघि ब्याटिङ गरेको किर्तिपुर सात बाघले २० ओभरमा ६ बिकेट गुमाउदै १७२ रन बनायो ।
सातबाघका बिबेक मोक्तान को ४४ केलिन राईको ४१ र अनिस लुइटेल ३९ रन बनाए ।
मंगलबारेका योगेश श्रेष्ठले २ तथा रोहन गहतराज राजेश दाहाल र डिकेन थापाले १र१ बिकेट लिए । खेलको म्यान अफ फि म्याच केलिन राई घोषित भए ।
जित संगै सातबाघ प्ले अफमा प्रबेश गरेको छ । खेलमा पराजित भए संगै मंगलबारे पनि लिगबाट बाहिरिएको छ ।
मंगलबार रोयल किङ र बिरेन्द्रनगर स्टिल टाइगर तथा दोश्रो खेलमा हिसाब किताब ट्राइडेन्स र बुद्ध युनाइटेड बिच खेल हुनेछ ।
मंगलबारको खेलमा बुद्ध युनाइटेड पराजित भए क्लासिक एलाभेन हसहन्द प्लेअफमा प्रबेश गर्ने छ । रोयल किङ र सातबाघ प्ले अफ प्रबेश गर्दा हसहन्दलाई बुद्ध र हिसाबकिताबको खेलमा भर पर्नु पर्ने छ ।
तेश्रो संस्करणको पथरीशनिश्चरे प्रीमियर लिगको तिनै संस्करणमा सातबाघ र रोयलले प्ले अफको खेल खेल्ने छ्न । पहिलो संस्करणको बिजेता रोयल र दोश्रो संस्करणको बिजेता सातबाघ हो । कार्तिक ६ सम्म सन्चालन हुने लिगमा नगरभित्रका ८ फ्रेन्चाइज क्लबको सहभागिता रहने छ ।
नगरभित्रका क्रीकेट खेलाडिलाई अक्सन मार्फत क्लबले अनुबन्धन गरेका हुन ।