Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एनपीएलमामा अर्जुनको अर्धसतक



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा चितवन राइनोजका अर्जुन साउदले पनि साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक बनाएका छन् ।

मंगलबार (आज) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको चितवनबाट अर्जुनले ३७ बलमा ५० रन पूरा गरे । उनले चार चौका र तीन छक्का प्रहार गरे । प्रतियोगितामा अर्जुनको पनि यो पहिलो अर्धशतक हो ।

जारी खेलको १३.१ ओभर सकिँदा चितवनले विकेट नगुमाई १०९ रन बनाएको छ ।

अर्जुनअघि अर्का ओपनर डेविड मलानले पनि अर्धशतक बनाएका थिए । मलान हाल ५९ रनमा खेलिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार