Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेकपा एसका उर्लाबारी इन्चार्ज भण्डारी एमालेमा प्रवेश



विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टी मोरङका नेता मनोरथ भण्डारी एमाले प्रवेश गरेका छन् । भण्डारीलाई शनिबार नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका भण्डारी एमाले विभाजनपछि एकीकृत समाजवादीमा गएका थिए ।

भण्डारी नेकपा एकीकृत समाजवादीका मोरङ जिल्ला कमिटी सचिवालय सदस्य र उर्लाबारी नगर इन्चार्ज थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार