विराटनगर । सत्ता गठबन्धनको तर्फबाट विराटनगरको मेयरमा नागेश कोईराला र उपमेयरमा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेसका जिल्ला उपाध्यक्ष कोईराला र जसपाका महानगर अध्यक्ष यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।