विराटनगर : पथरीशनिश्चरे प्रीमियर लिग क्रीकेट प्रतियोगिताको मंगलबार भएको खेललमा रोयल किङ र सात बाघले पहिलो जित दर्ता गरेका छन् । रोयल किङले मंगलबारे लिजेण्ड माथी ४ विकेट र सात बाघले क्लासिक एलाभेन हसन्दहमाथी ५ विकेटको जित निकालेको हो ।
जितसँगै रोयल र सातबाघले लिगमा २ अंक जोडेका छन् । पहिलो खेलमा मंगलबारेले दिएको १५६ रनको लक्ष्यलाई रोयलले १९ ओभर १ बलमा ६ बिकेट गुमाएर पुरा गर्यो ।
रोयलका लागी महेश कार्कीले अर्धसतकिय पारी खेल्दै व्याक्तिगत ५७ रन बनाएर आउट भए । पाबेल राई ४६ रन बनाउँदै आउट हुँदा दिपेश श्रेष्ठले १६ रन बनाए ।
मंगलबारेका लागि मिलन अधिकारीले २ विकेट लिए भने राकेश दाहाल, अभिषेक बिक र रोहन गहतराजले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको मंगलबारेका लागि योगेश श्रेष्ठले ५६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । निकेश बस्नेतले ४३ र दिपक राईले २४ रन बनाए ।
रोयलका लागि बिश्व बस्नेत र भुपेन राईले २/२ बिकेट लिदाँ दिपेश श्रेष्ठले १ बिकेट लिए । खेलको म्यान अफ द म्याच महेश कार्की घोषित भए ।
आजै भएको दोश्रो खेलमा सात बाघले क्लासिक एलाभेन हसहन्दमाथि ५ विकेटको जित निकालेको छ । क्लासिक एलाभेनले दिएको लक्ष्य सातबाघले १५ ओभर ५ बलमा निर्धारित १०९ रन पुरा गर्यो ।
उसका लागि निधित राईले ४४ र रहर लामाले २२ रनको योगदान गरे । केलिन राई १७ रन बनाएर आउट भए ।
हसहन्दका बुद्ध आलेले २, सोलोमन राई र संजिव धिमालले १/१ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको हसहन्दका लागि सोलोमन राईले ३५ र संजिव राईले २९ रनको योगदान गरेका थिए ।
सात बाघका केलिन राई र दिपेश भण्डारीले समान २/२ विकेट लिँदा दिप सुबेदी र अस्बिन महतका नाममा १/१ बिकेट रह्यो । खेलको म्यान अफ दि म्याच निधित राई घोषित भए ।