Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश सभाको उम्मेदवार बन्ने शर्तमा माओवादी प्रवेश गर्दै एमाले नेता चौधरी



विराटनगर : नेकपा एमालेका नेता द्वारिकलाल चौधरी माओवादी प्रवेश गर्ने भएका छन् । एमालेको सुनसरी जिल्ला अध्यक्षसमेत रहेका इटहरी उपमहानगरपालिकाका पूर्व मेयर चौधरी प्रदेश सभामा उम्मेदवार बन्ने शर्तमा माओवादी प्रवेश गर्न लागेको बताइएको छ ।

प्रचण्डको हातबाट टिका लगाएर पार्टी प्रवेश गर्न चौधरी सुनसरीबाट काठमाडौँ हिँडेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा पुनः मेयर बन्न चाहेका चौधरीलाई पार्टीले टिकट दिएको थिए । पार्टीले टिकट नदिएपछि उनी असन्तुष्ट थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार