Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईमा अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता हुँदै



विराटनगर : मोरङको रतुवामाईमा नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गर्दै अन्तरपालिका क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

युवा तथा खेलकुद समिति रतुवामाई–६ को आयोजनामा असोज ११ देखि १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।

रतुवामाई–६ स्थित सौठा माविको खेल मैदानमा हुने प्रतियोगितामा ८ टिमको सहभागीता रहने युवा खेलकुद समितिका अध्यक्ष कुनसाङ तामाङले जानकारी दिए । प्रतियोगिताका सबै खेलहरु दिउँसो २ः३० बजेदेखि सुरु हुने छ ।

प्रतियोगिताको विजेता टिमलाई नगद रु ५१ हजार र उपविजेतालाई ३१ हजार रुपैँयासहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने तामाङले जानकारी दिए । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई एक हजार रुपैँया प्रदान गरिने छ ।

खेल अवधिभरका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पनि पुस्कृत गर्ने अध्यक्ष तामाङले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार