Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माओवादीले बुझायो समानुपातिकतर्फको बन्द सूची



विराटनगर : नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाएको छ।

आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाउन आइतबार र सोमबार समय दिएको छ।

सोहीअनुसार माओवादी केन्द्रले सोमबार आफ्ना समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएको हो।

महासचिव देव गुरुङसहितका माओवादी नेताहरु सोमबार अपरान्ह कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारको बन्दसूची बुझाएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार