Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

महिला साफ – भारतलाई हराउँदै नेपाल फाइनलमा



विराटनगर : नेपाल छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।

बलियो टिम मानिएको भारतलाई १–० गोलले पराजित गर्दै नेपालले फाइनलको यात्रा तय गरेको छ ।

नेपाललाई जित दिलाउन रश्मीकुमारी घिसिङले गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा रश्मीले गरेको गोल नै नेपालका लागि निर्णयक भयो ।

यसअघि पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेको छ । अब उपाधिका लागि फाइनलमा नेपाल र बंगलादेश भिड्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार