Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मेलिना र निशाको ‘मकै पिन्नु जाँतोमा’ सार्वजनिक



काठमाडौं ।  इन्गेजमेन्टको खबर सार्वजनिक भए पश्चात मिडियामा हट टपिक  बनेकी लोकप्रिय गायिका मेलिना राई र गायक रमेश राईको युगल गायनमा समावेश ‘मकै पिन्नु जाँतोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा निशा नेम्वाङको शब्द रहेको छ भने बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको संगीत रहेको छ।  यस गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा बिना राउत, सुन्दर घलान र रमेश राईको अभिनय रहेको छ।  सनम तामाङले छायाँकन गरेको यस भिडियोमा केशब राज भट्टको कोरियोग्राफी रहेको छ।  अर्जुन खड्काको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएय्को हो।

गायक राईको युट्युव च्यानल ‘रमेश राई’ मार्फत भिडियो सार्वजनिक भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार