Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराज भट्टसँग माग्ने बुढाले मागे माफी



काठमाडौं । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढाले’ माफी मागेका छन् । केही दिनअघि एक कार्यक्रममा चलचित्र क्षेत्रमा ‘साइबर सेना’ सक्रिय भएको भन्ने भनाइ राखेपछि आलोचित भएका माग्नेले माफी मागेका हुन् । माग्ने बुढाले विराज भट्ट र उनका समर्थकलाई लक्षित गर्दै साइबर सेना सक्रिय भएको बताएका थिए ।

‘एक कार्यक्रममा आबेगमा मैले “साइबर सेना” शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु । मेरो परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्था फरक महसुस गरको छु’, भन्ने उनले फेसबुकमा पोष्ट हालेका छन् । बाबुसँगको फोटोसहित गरिएको पोष्टमा उनले बुबाले दिएको जहिलेपनि सानु हुन जान्नु भन्ने अर्ती स्मरण गर्दै माफी मागेका हुन् ।
उक्त शब्दलाई लिएर अभिनेता विराज भट्टले आपत्ति जनाएका थिए ।

विराजको चलचित्र ‘१२ गाउँ’ अहिले प्रदर्शनमा छ । माग्ने बूढा अभिनित फिल्म ‘छक्का पञ्चा ५’ पनि चलिरहेको छ । सामाजिक सञ्जालमा छक्पा पञ्जालाई लिएर भइरहेका प्रहारलाई लक्षित गर्दै माग्ने बुढाले साइबर सेनाले आफ्नो फिल्मलाई प्रहार गरेको भनेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार