Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

डेंगु संक्रमणका कारण सावित्रा भण्डारीले श्रीलंकाविरुद्धको खेल गुमाउने



विराटनगर : नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी र डिफेन्डर मन्जली योन्जनले श्रीलंकाविरुद्धको खेल गुमाउने भएकी छन् ।

पछिल्लो समय तीव्ररुपमा फैलिएको डेंगुको संक्रमण भएर ज्वरो आएपछि यी दुवैले आज हुने श्रीलंकाविरुद्धको खेल गुमाउने भएका हुन् ।

यस्तै गोलकिपर प्रशिक्षक सुरजकुमार लामा पनि संक्रमित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा आज नेपाल र श्रीलंकाबिच प्रतिस्पर्धा हुदैँछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार