विराटनगर : आप्रवासीलाई लिएर इटालीतर्फ जाँदै गरेको डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । ट्युनिसियाको तटमा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता भएका छन् ।
३७ जना आप्रवासीलाई लिएर इटाली लैजाने क्रममा डुंगा डुबेको बताइएको छ । उनीहरुमध्ये १४ जनाको उद्धार भएको समाचार माध्यमहरुले जनाएका छन् ।
उक्त डुंगा स्फ्याक्स क्षेत्रबाट प्रस्थान गरेको थियो । डुंगा महदिया नजिकैको तटबाट करिब ४० माइल अगाडि डुबेको हो । विभिन्न देशबाट गैर कानुनी रुपमा युरोप र उत्तर अमेरिका पुग्ने क्रममा वर्षेनी सयौँको अकालमा ज्यान जाने गरेको छ । एजेन्सीहरुको सहयोगमा