Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इजरायलमा इरानको मिसाइल आक्रमण : एकको मृत्यु, ६० भन्दा बढी घाइते



JPG converted with https://ezgif.com/webp-to-jpg

तेलअविव । इजरायलमाथि इरानले प्रत्यक्ष आक्रमण सुरु गरेको छ। शुक्रबार राति सयौँ ड्रोन पठाएर आक्रमण थालेको इरानले त्यसपछि ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। इरानको पहिलो चरणको आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने ६० भन्दा बढी मानिस घाइते भएका छन्।

टाइम्स अफ इजरायलले जनाएअनुसार आक्रमणमा गम्भीर घाइते भएकी एक महिलाको अस्पतालमा मृत्यु भएको हो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

इजरायली रक्षा बलका अनुसार इरानबाट सयौँ रकेट प्रक्षेपण गरिएको छ। केही मिसाइलहरू इन्टरसेप्ट गरिएको भए पनि कति रोक्न सकियो भन्ने विषयमा खुलाइएको छैन।

मिसाइलको छर्राले एक इन्सेन्सिभ केयर युनिटमा क्षति पुर्‍याउँदा दुईजना एम्बुलेन्सकर्मीसमेत घाइते भएका छन्। इजरायलको एम्बुलेन्स सेवा मगेन डेविद अडोमका अनुसार घाइतेहरूको उपचार जारी छ।

होम फ्रन्ट कमाण्डले नागरिकहरूलाई तत्काल तोकिएको सेल्टरमा सुरक्षित बस्न निर्देशन दिएको छ। जेरूसेलम पोस्टले उल्लेख गरेअनुसार तेस्रोपटक मिसाइल आक्रमण भएपछि अर्को सूचना नआएसम्म सेल्टर नछाड्न भनिएको छ।

इरानले आफ्नो कारबाहीलाई “जवाफी हमला” भनेको छ। हालको तनावले क्षेत्रीय संघर्षलाई थप चर्काउने सम्भावना बढेको देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार