काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र आगामी निर्वाचनका लागि सिटको बाँडफाँट’ छलफल चल्दै गर्दा सत्तारूढ नेपाली कांगेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको गठबन्धनभित्र सिट बाँडफाँटमा सकस परेकै बेला सत्तारूढ कांग्रेसका नेता कोइरालाले ओलीलाई भेटनुलाई अर्थपूर्ण रूपमा विश्लेषण भइरहेको छ ।
भेट अर्थपूर्ण
एमाले अध्यक्ष ओली निवास बालकोटमा दुवै नेताबीच बिहीबार ‘वान टु वान’ छलफल भएको हो । ओली र कोइराला दुवैका सचिवालयले भेटघाट भएको र आगामी निर्वाचनसहित पछिल्लो राजनीतिक अवस्था’ छलफल भएको स्वीकार गरेका छन् । तर, भेट’ विस्तृत कुरा खुलाएका छैनन् ।
ओलीको सचिवालयले दुवै नेताबीच करिब २ घण्टा छलफल भएको जनाएको छ । ‘दुवै नेताबीच ‘वान टु वान’ छलफल भएको छ । उता गठबन्धनमा भइरहेको सिट बाँडफाँट र कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र पेल्न थालेको गुनासो उहाँ (कोइराल)ले गर्नुभएको छ, योभन्दा बढी कुरा त उहाँहरूलाई नै थाहा होला’ ओलीको सचिवालयले भन्यो ।
कांग्रेसको १४औं महाधिवेशनमा देउवासँग पार्टी सभापतिमा पराजित कोइराला पछिल्लो समय पार्टीभित्रै पेलानमा परेका छन् । पाँच दलीय गठबन्धनभित्र सिटबाँडफाँट गरेर देउवाले कोइराला समूहलाई टिकटमै बन्देज लगाउने संकेत पाएपछि उनले आगामी दिनमा हुन सक्ने आन्तरिक सहकार्य’ छलफल गरेको विश्लेषण भइरहेको छ ।
शेरबहादुर देउवाले पेल्दै गएको गुनासो गरेका डा। शेखर कोइरालालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आन्तरिक सहकार्यको आश्वासन दिएका छन्
कोइराला समूहले आगामी निर्वाचनमा आफूहरूलाई ४० प्रतिशत सिट दिनुपर्नेभन्दै देउवामाथि दबाब बढाएका छन् । साथै गठबन्धनभित्र १ सय सिटभन्दा कम कांग्रेसले लिनुहँुदैन भन्ने अडान लिँदै आएको छ । तर, देउवा समूहले गठबन्धनभित्र सय सिटभन्दा कम सिट लिने र कोइराला समूहलाई टिकट दिनुपर्ने ठाउँमा गठबन्धनको नाममा अरू दललाई दिएर पेल्न खोजेको बुझाइ कोइराला समूहको छ ।
बिहीबार नै प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनको छलफलमा कांग्रेस ८५ सिट आफू लिएर बाँकी अन्य दललाई दिन तयार भएको छ । गठबन्धनको कार्यदलमा रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले समेत ८५ देखि ९० सिटको वरिपरिमा सहमति हुन सक्ने बताउँदै आएका छन् । तर, कार्यदलमै रहेका कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक रूपमै सय सिटभन्दा कममा कांग्रेसले सहमति नगर्ने दाबी गर्दै आएका छन् ।
पार्टी सभापति देउवाले आफूहरूलाई मागे जति सिट नदिए आगामी निर्वाचनमा चाल्न सक्ने कदम’ समेत दुई नेताबीच छलफल भएको दाबी स्रोतको छ । ४० प्रतिशत सिट नपाएको अवस्थामा कोइरालाले एमालेसँग मिलेर कांग्रेसको उम्मेदवार नभएको ठाउँमा उम्मेदवारी दिने र अन्य ठाउँमा एमालेलाई सहयोग गर्ने विषयमा समेत छलफल भएको चर्चा भइरहेको छ ।