Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पिएसजीको सानदार जितमा नेयमारको दुई गोल



फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगताुर दोस्रो जित आत्मसात् गरेको छ। शनिबार राति घरेलु मैदानमा पिएसजीले मोन्टपेलिएरमाथि ५–२ गोलान्तरको जित निकालेको हो।

पिएसजीको जितमा नेयमारले दुई गोल गरे भने किलियन एम्बाप्पे र रेनाटो सान्चेजले एक–एक गोल गरे। पिएसजीले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो।मोन्टपेलिएरका लागि भने वाभी खाज्री र इन्जो जियानी चाटो बिआयीले एक–एक गोल गरेका थिए। जितसँगै पिएसजी दुई खेलमा ६ अंज जोडर शीर्ष स्थानमा उक्लिएको छ। मोन्टपेलिएर भने तीन अंकसहित आठौं स्थानमा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार