विराटनगर : नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका नेता इश्वर खनाल एमालेमा प्रवेश गरेका छन् ।
शिक्षक संघ रतुवामाईका पूर्व सचिव रहेका उनले केही दिन अघिमात्र पार्टी र संघबाट अलग भएको घोषणा गरेका थिए ।
खनाललाई एमाले केन्द्रीय सदस्य विनोद ढकाल, मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, सचिव रुपेश खतिवडा, बुद्धिजिवी परिषद्का जिल्ला अध्यक्ष सोमराज थापा, जिल्ला कमिटि सचिवालय सदस्य मेघराज कट्टेल लगायतका नेताले स्वागत गरेका हुन् ।
पार्टी प्रवेश गरेका खनाल रतुवामाई ९ मा रहेको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।