Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरी–मोरङका इट्टा व्यवसायी दोहोरो मारमा



सुनसरी । लगानी अनुसारको प्रतिफल नपाउदाँ यतिबला सुनसरी–मोरङका इट्टा व्यवसायीले व्यवसाय नै छाडनुपर्ने अवस्थामा पुगेका छन् ।
पहिलेदेखि नै आफूले गर्दै आएको पेशा भनेर एकैपटक चटक्क छाड्न नसकेर मात्रै झुण्डिएको व्यवसायीहरुले बताएका छन् । उद्योग चलाएर नाफा हैन, घाटा मात्र भएको उनीहरुले बताएका छन् । साथै, मौसमदेखि कामदार र बजार भाउले दुःख दिने अरु व्यवथापकीय पक्षमा पनि समस्या बेर्होनुपरेकाले ब्यबसायी पलायन हुनुपर्ने बाध्यता सिर्जना हुन थालेको छ ।
व्यवसायका लागि कच्चा पर्दाथको अभाव समेत झेल्नु परेको छ। भारतबाट आउने गरेको कोइला यतिबेला बन्द छ । भारतबाट आउने कच्चा पदार्थ बन्द भएसंगै अमेरीका र इन्डोनेसियाबाट कोइला आउने गर्दछ । जसमा पनि कोइलाको मुल्य अत्याधिक बृद्दि भएका कारण इटा उद्योग टिकाउन समस्या भएको कोशी अञ्चल इट्टा उद्योग ब्यबसायी संघ महासचिव राजन तिम्सिना बताउनु हुन्छ ।
पछिल्लो समयमा ईंटा उद्योग सञ्चालन गर्न माटोको मूल्य समेत बढेको छ। जमिन किनेर उद्योग सञ्चालन गर्न कसैले पनि नसक्ने अवस्था आएको व्यवसायी बताउँछन् । सुनसरी–मोरङमा जग्गाको भाउ अधिक भएकोले जग्गा किनेर व्यवसाय गर्न ठूलो लगानी चाहिन्छ । जग्गा भाडामा लिएर सञ्चालन गर्दा विभिन्न समस्याहरू आइपर्ने गरेको छ । जग्गा लिजमा लिए पनि त्यहाँको माटो प्रयोग गर्न कसैले पनि दिँदैन । अन्यत्रबाट माटो ल्याएर मात्रै ईंटा बनाउनुपर्ने वाध्यता रहेको छ ।
सुनसरी–मोरङमा ६० वटा हाराहारी इट्टा उद्योग छन् । ईंटा उद्योगीहरुलाई सरकारले कुनै सहुलियत र सुविधा नदिएको व्यवसायीहरुको गुनासो छ । सुनसरी–मोरङमा उत्पादित इट्टा गुणस्तरका हिसावले १ नंम्बरमा छ । विराटसमाचारबाट

प्रतिक्रिया
सम्बन्धित समाचार