विराटनगर। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् । राष्ट्रपतिको कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राजापाक्षे मंगलबार राती मुलुक छोडेर भागेका हुन् ।
राष्ट्रपति राजापाक्षे भागेसँगै प्रदर्शनमा उत्रेका सर्वसाधारणले श्रीलंकाको राजधानीमा कोलम्बोमा खुसीयाली मनाइरहेका छन् । यसअघि राष्ट्रपति राजापाक्षेले आज पदबाट राजीनामा दिने बताएका थिए । योसँगै श्रीलंकामा आगामी जुलाई ३० मा नयाँ राष्ट्रपति चुनिने भएकाे हाे ।