Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गोली प्रहारबाट घाइते भएका जापानका पूर्वप्रधानमन्त्रीको निधन



जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ।

चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो।

जापानको समाचारसंस्था एनएचकेकाअनुसार भाषण गरिरहेका शिन्जो आबेलाई पछाडिबाट गोली हानिएको थियो। गोली लागेपछि उनी ढलेका थिए।

समाचार विवरणहरूकाअनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार