Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट नेपाल आइपुगे



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकका रुपमा नियुक्त अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन्। उनी गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं अवतरण गरेका हुन्।

नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले विमानस्थलमै उनको स्वागत गरेका थिए। गत चैत १५ गते क्यानले उनलाई नेपाली टोलीको मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो।

५६ वर्षीय स्टुअर्ट लले अबको दुई वर्ष नेपाली टोलीसँग रहेर प्रशिक्षण दिनेछन्। उनको आगमनसँगै नेपाली क्रिकेटमा नयाँ नेतृत्व सुरु भएको छ। उनले विश्वका विभिन्न देशका राष्ट्रिय टोलीको नेतृत्व गरिसकेका छन्, जसमा श्रीलङ्का, बङ्गलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिका प्रमुख छन्।

नेपाल क्रिकेट संघका अनुसार स्टुअर्ट लको नियुक्ति नेपाली क्रिकेटको दीर्घकालीन विकास योजनाअनुसार गरिएको हो। उनीसँगको सम्झौता दुई वर्षको लागि गरिएको छ।

गएको जनवरीमा तत्कालीन प्रशिक्षक मोन्टी देशाईसँगको कार्यकाल सकिएपछि नेपाली टोली प्रशिक्षकविहीन अवस्थामा थियो। अब स्टुअर्ट लको अनुभवले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अझ प्रतिस्पर्धी बनाउन सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार