विराटनगर । नेकपा एमाले मोरङको दशौँ अधिवेशन आज पनि जारी छ । विराटनगरमा जारी अधिवेशनको हिजो खुला शत्र सम्पन्न भएको छ । आजदेखि बन्द शत्र सुरु हुँदै छ ।
जिल्ला अधिवेशनका लागि छनोट भएका ९१४ प्रतिनिधि जनाले नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न हुने छ । अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् । मोरङका १७ वटा स्थानीय तहका १ सय ५९ वडाबाट ६ सय ९२ जना, २३ वटा जनवर्गीय संगठनबाट १ सय १ जना, विशेष क्षेत्रबाट २४ जना, दलित ५१ जना र मनोनित ४६ गरी ९ सय १४ जना प्रतिनिधि मतदाता छन् ।
१९ गतेसम्म चल्ने अधिवेशनमा संस्थापन पक्षबाट राजकुमार ओझा र विनोद ढकाल समूहबाट अजम्बर राई उम्मेदवार हुने सम्भावना उच्च रहेको छ ।