जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली रहँदासम्म बाम एकता नहुने बताएका छन् । जनकपुरमा पत्रकारहरुसँगको कुराकानीमा उनले केपी ओलीकै कारण बाम एकता हुन सक्ने अवस्था नरहेको बताए ।
अध्यक्ष दाहालले तत्काल आफूहरुको सरकार बनाउनेतर्फ ध्यान नभएकाले कांग्रेससँग पनि सहकार्य नहुने बताए । अहिले पार्टी सुदृढीकरणमै ध्यान दिइरहेकोले जनतातर्फ नै फर्किएको उनले बताए ।
उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको निम्ति अझ मधेशी जनताका निम्ति पार्टी सुदृढीकरण अभियान अझ बढी आवश्यक रहेको बताए ।
अध्यक्ष दाहालले कहिले एमाले, कहिले कांग्रेससँग मिल्दा उनीहरुकै कल्चर सरेजस्तो भएको भन्दै अलिकति नुहाइधुवाइ गरेर जनतासँग फेरि जानुपर्ने भएको कारण अहिले सरकारमा जान ध्यान नदिएको बताए ।