Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सरकार ढालेर राजनीतिक अस्थिरता निम्त्याउनु हुन्न : खनाल



विराटनगर । पूर्वप्रधानमन्त्री एंव एकिकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनको उदेश्य पुष्टि नभएसम्म संविधान संशोधनका अर्थ नरहने बताएका छन् ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा नेता खनालले संविधान संशोधनको आवश्यक्ता जनतालाई प्रस्ट्याउनु पर्ने बताए ।

संविधान अन्तर्गत बनाउनुपर्ने तिन दर्जन भन्दा वढि ऐन अझैपनि बन्न नसकेको अवस्थामा संविधान संशोधन भन्दापनि संविधान कार्यान्वयनमा उनले जोड दिए ।

फरक प्रसंगमा नेता खनालले यो सरकार ढालेर मुलुकमा राजनितिक अस्थिरता निम्त्याउने पंक्षमा आफु नभएको बताए । उनले यो सरकार परिवर्तन गर्दैमा अर्को जनमुखी सरकार बन्न नसक्ने भन्दै सरकार ढाल्ने र गिराउन खेलमा लागेर रानीतिक अस्थिरता ल्याउन नहुने बताए ।

राजनितिक संकटसंगै मुलुकमा भ्रष्टाचार, बेरोजगार बढेको र मुलुकको आर्थिक अवस्था समेत कमजोर बनेको भन्दै उनले सरकारले यतातिर ध्यान दिनुपर्ने बताए । मुलुकका लागि वामपन्थी शक्तिको एकता अझैपनि आवश्यक रहेकाले वामपन्थी शक्ति एक हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार