Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विभाजन गरेर गएकाहरुलाई पार्टीमा फर्किन एमालेको आव्हान



काठमाडौं । नेकपा एमालेले पार्टी विभाजन भएर गएकाहरुलाई फर्किन आग्रह गरेको छ । आइतबारदेखि बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई निर्णायक शक्ति बनाउने अभियानमा सबैलाई एकजुट हुन आह्वान गरेको हो ।

बैठकपछि एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौमतले राष्ट्रिय शक्तिको निर्माण मुलुकको आवश्यकता रहेको भन्दै राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न गर्ने गरी शक्तिको निर्माण नेकपा एमालेको नेतृत्वमा मात्रै सम्भव  रहेको बताए ।

निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई सफल बनाउन पार्टी विभाजनलगायतका कारणले पार्टी बाहिर रहेका सबै नेता र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्कन आग्रह गरेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार