Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गठबन्धन २०८४ सम्म नै जान्छ : उपप्रधानमन्त्री सिंह



सुनसरी । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन् ।
आज आइतबार नेपाल प्रेस युनियन सुनसरीले गरेको पत्रकार सम्मेलनमा बोल्दै सिंहले सरकार गठनका बेला भएको सहमति अनुसारनै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने दावी गरे ।

उनले सरकार गठनअघि भएको सहमतिमा कांग्रेस र एमाले इमान्दार रहेको दाबी गर्दै सरकार परिवर्तन नहुने उनको भनाइ छ । सहमतिअनुसार नै एमाले अध्यक्ष केपी ओलीपछी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा ढुक्क हुन उनले आग्रह गरे ।

उनले संविधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै त्यसका लागि सबै दलसँग छलफल भइरहेको जानकारी दिए । अहिलेको सरकारले यसअघि सम्पन्न हुने नसकेका आयोजनालाई सञ्चालनमा ल्याएको उदाहरण दिँदै उनले सरकारले हल्ला नगरी काम गरिरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार