पाँचथर । पाँचथरको फिदिममा जारी ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको आज पहिलो सेमिफाइनल खेल हुँदै छ ।
फिदिम माविको खेल मैदानमा दिँउसो साढे दुई बजे हुने पहिलो सेमिफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र काठमाडौंको चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने छ ।
क्वाटरफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले विभागीय फटबल टिम त्रिभुवन आर्मी क्लब काठमाण्डौलाई पराजित गरेर सेमिफाइनल पुगेको हो । यस्तै चर्च ब्वाइजले मोरङको विराटनगर सिटी एफसीलाई हराउँदै फिदिमसँगको भेट पक्का गरेको हो ।
यस्तै प्रतियोगिता अन्तर्गत हिजो भएको अन्तिम क्वाटरफाइनलमा एनआरटीले सिरहाको सलहेश युवा क्लबलाई पेनाल्टीमा ५–४ गोलले सेमिफाइनल प्रवेश गरेको छ । एनआरटी अब भोलि दोस्रो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ ।
प्रतियोगिताको फाइनल पुस १५ गते हुने छ । प्रतियोगिताको विजेताले १० लाख पाँच सय ५५ रुपैयाँ तथा उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् ।