काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आज शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्सको सामना गर्दै छ । यो खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।
कर्णालीको कप्तानी सोमपाल कामी र विराटनगरको कप्तान सन्दीप लामिछानेले गर्ने छन् । यी दुबै टोलीले समान दुई खेलमा हार र एक खेलमा जित हात पारेका छन् । त्यसैले आज दोश्रो जितको खोजीमा विराटनगर र कर्णाली रहेका छन् ।
राष्ट्रिय टिमका सोमपाल कामी र गुल्सन झाजस्ता चर्चित खेलाडीहरु भएको कर्णालीको टिम सन्तुलित छ र विदेशी खेलाडीहरु पनि अनुभवी छन् ।
कर्णालीको टिममा भारतका शिखर धवन, ओमानका पूर्व कप्तान जिसान मक्सुद, हङकङका बाबर हायत, वेष्ट इन्डिजका भेट्रान खेलाडी चाडविक वाल्टन र अस्ट्रेलियाका विलियम बोसिस्टो छन् । शुक्रबारको खेलमा बाबरलाई आराम दिइएको थियो ।
विराटनगरको टिम राम्रो देखिए पनि पहिलो र दोस्रो खेलमा सोचेअनुरूप प्रदर्शन भएको थिएन । तेस्रो खेलमा राम्रो खेलेको थियो । त्यस्तै प्रदर्शन चाहनेछ ।