काठमाडौं । लुम्बिनी लायन्सले नपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको हो ।
जारी एनपीएलमा एकै खेलमा बनेको यो उच्च स्कोर हो । यसअघि मंगलबार सुदूरपश्चिम रोएल्सले विराटनगर विरुद्ध नै १ सय ८२ रन बनाएको थियो ।
लिगमा आफ्नो पहिलो खेल खेलिरहेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । अर्धशतकबाट चार रनले मात्र चुकेका उनले २९ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । अहिले विराटनगरले ब्याटिङ गरिरहेको छ ।