Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इजरायलमा हिजबुल्लाहको ड्रोन हमला, ७ सैनिकको मृत्यु, ६० जना घाइते



काठमाडौं । लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा ड्रोनबाट हमला गरेको छ ।

स्थानीय समयअनुसार आइतबार राति गरेको हमलामा इजरायलका ४ सैनिक जवान मारिएका छन् । आक्रमणमा परी ६० जनाभन्दा बढी घाइते भएका छन् । हिजबुल्लाहले हमलाको जिम्मेवारी लिंदै आईडीएफको गोलानी ब्रिग्रेडको प्रशिक्षण केन्द्रलाई निशाना बनाएको बताएको छ ।

इजरायली सेनाले लेबनानमा हिजबुल्लाह विरुद्ध आक्रमण तीव्र बनाइरहेको बेला यो हमला भएको हो । उत्तरी इजरायलको हाइफा सहरबाट ३३ किलोमिटर टाढा रहेको बिन्यामिन नजिकैको आधार शिविरमा आक्रमण भएको इजरायली रक्षा बल (आइडीएफ) ले जनाएको छ।

हिजबुल्लाहको मिडिया युनिटले बिहीबार इजरायली सेनाले दक्षिणी लेबनान र बेरुतमा आक्रमण गरेकोमा त्यसको प्रतिक्रियास्वरूप यो ड्रोन आक्रमण गरिएको प्रतिक्रिया दिएको छ।

इजरायली रक्षा बल ९आइडीएफ०का अनुसार ड्रोन हमला साँझ ७ बजेभन्दा पहिले भएको थियो। इजरायली सञ्चारमाध्यमका अनुसार सैन्य बेसभित्र एउटा डाइनिङ हललाई निशाना बनाइएको थियो ।

ड्रोन आउनुअघि खतराको संकेत दिने कुनै पनि साइरन बजेको कारण सुरक्षा सतर्कता अपनाउन नपाउँदा ठुलो क्षति भएको हो । आईडीएफ प्रवक्ता ड्यानियल हगारीले राति अबेर घटनाको ड्रोन इजरायल प्रवेश गर्दा चेतावनी साइरन नबजेको बारे अनुसन्धान भइरहेको बताए ।

टाइम्स अफ इजरायलले आईडीएफको प्रारम्भिक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै लेबनानबाट प्रक्षेपण गरिएका दुई ड्रोनहरू समुन्द्र मार्गबाट ​​इजरायली क्षेत्रमा प्रवेश गरेको बताएको छ। यी दुवै मिरसाद ड्रोन थिए, जसलाई इरानमा अबबिल टी भनिन्छ। यो हिजबुल्लाहको आत्मघाती ड्रोन हो।

इजरायल प्रवेश गरेको दुई ड्रोनलाई इजरायली राडारले ट्र्याक गरेको थियो र एउटा हाइफाको उत्तरी तटमा खसालिएको थियो। इजरायली वायुसेनाका विमानहरू र हेलिकप्टरहरूले दोस्रो ड्रोनलाई पछ्याए पनि ती राडारबाट गायब भएका थिए । सम्भवतः यो जमिनको धेरै नजिक उडेकाले इजरायली सेनाले पत्ता लगाउन नसकेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार