Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

युद्धको वर्षगाँठमा हमासले गर्याे इजरायलमा सैन्य आक्रमण



विराटनगर । इजरायलको राजधानी तेल अवीभमा सोमबार हमासले ५ वटा रकेट प्रहार गरेको छ । हमासले गरेको रकेट आक्रमणमा परी दुई इजरायली महिला घाइते भएका छन् ।

इजरायली रक्षा बल (आईडीएफ) ले गाजाको खान युनिसबाट तेल अवीवमा पाँचवटा रकेट प्रहार गरेको जनाएको छ। हमासले इजरायलमा आक्रमण गरेको आज सोमबार वर्ष दिन पुरा भएको छ । यही मौकामा हमासले रकेट आक्रमण गरेको हो । यो बाहेक पनि दक्षिणी गाजाबाट ४ वटा रकेट प्रहार भएको थियो । ती रकेटलाई भने इजरायली सेनाले आकासमै निस्तेज पारेको छ ।

अक्टोबर ७ अर्थात हमासले इजरायलमा आक्रमण गरेको वार्षिकोत्सवका अवसरमा हिजबुल्लाहले उत्तरी इजरायलमा मिसाइलहरू प्रहार गर्दा १० जना इजरायली नागरिक घाइते भएका छन् ।

इजरायली सेनाले भने रकेट प्रहार गर्ने हमासको ठेगाना रहेको भन्दै उत्तरी गाँजाका केही इलाका खाली गर्न चेतावनी दिएको छ । हिजो गाजाको एक मस्जिद र एक विद्यालयमा इजरायलले हमला गर्दा २६ प्यालेष्टाइनी घाइते भएका छन् ।

गएको वर्ष अक्टोबर ७ तारिखमा हमासले इजरायलमा पसेर आक्रमण गरेको थियो । त्यस यता इजरायलले गाजा क्षेत्रमा सैन्य कारवाही गर्दै आएको छ । भने लेबनानबाट हिज्बुल्लाहसँग समेत निरन्तर युद्ध भइरहेको छ । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको सैन्य कारबाहीमा परी ४२ हजार जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार