विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा द्रुत बजार मूल्यांकनको संस्थापन विकासका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार झापा जिल्लाका उद्योगीहरु तथा उद्योग बाणिज्य संघ र बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
महासंघका उपाध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि महासंघले थालेको प्रयासबारे छलफल भएको थियो ।
नेपाल भेनियर उतपादक संघका अध्यक्ष एंव मेची उद्योग वाणिज्य संघका महासचिव दिनेश शाक्यले करिब चार हजार कामदार रहेको भेनियर उद्योगमा ९० प्रतिशत भारतिय कामदार रहेको जानकारी दिए । कार्यरत १० प्रतिशत नेपाली कामदार पनि बैदेशिक रोजगारको पर्खाईमा रहेका छन् ।
झापा उद्योग संघका अध्यक्ष एंव नेपाल उद्योग वाणिज्य महासंघका सदस्य यम बहादुर श्रेष्ठले चिया, चामल उद्योगहरुमा दक्ष प्राविधिहरुको अभाव रहको उल्लेख गरे ।
कार्यक्रममा समृद्धि हेल्भेटासका कार्यक्रम अधिकृत पोषराज निरौलाले उद्योगको सिपलाई आधार मानेर जनशक्ति उत्पादन गर्नुपर्ने र रहेका जनशक्तिको पनि मागमा आपूर्ति नभएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नरेन्द्रकुमार खड्काले समग्र परिस्थीतिको सुधार नभएसम्म उद्योग प्रतिष्ठानहरु प्रगति गर्न नसक्ने, लगानीमैत्री वातावरण निर्मााणका लागि नीतिको आवस्यकता रहेको बताउदै उद्योगहरुको अवस्था बर्गिकरण सोेहि अनुसार समस्याको समाधान गर्नु पर्ने बताए ।
विभिन्न उद्योग प्रतिष्ठान व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरू गरी करिब ४० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले कार्यक्रमको विषयवस्तु प्रष्ट पार्दै यसमा जोडिन सबैमा आग्रह समेत गरेका थिए ।