Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गुराँसले मनमोहक मेरुङ (फोटोफिचर)



विराटनगर : भोजपुर र खोटाङको सीमा जोडिएको मेरुङका वनमा अहिले गुराँस फुलेर जङ्गल राताम्मे भएको छ । सुन्दर मेरुङलाई गुराँस र चिमाल ढकमक्क फुलेर मनमोहक बनाएको छ ।

मुन्धुम ट्रेल पदमार्गको छेउमा पर्ने मेरुङमा पछिल्लो समय ढकमक्क फुलेका गुराँस र चिमालले पर्यटकलाई आकर्षण गरिरहेको छ ।

यस क्षेत्रका वनभरि लालीगुराँस र चिमाल फुलेका छन् । यो क्षेत्र केशी भाग भोजपुरको टेक्मेमैयुङ र खोटाङका केही पालिकामा पर्छ । स्थानीय पविहाङ राईका अनुसार मेरुङ खासगरी प्राकृतिकरुपले पानीको स्रोत भएको क्षेत्र हो ।

प्राकृतिक रुपले निकै सुन्दर रहेको यस क्षेत्र समुन्द्री सतहदेखि करिब तनि हजार मिटर उचाइमा रहेको छ ।

 

तस्बिर सौजन्य : इन्टरटेन्मेन्ट एमएमसी

प्रतिक्रिया
सम्बन्धित समाचार