Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रचण्ड सरकारमा मन्त्रीकाे सङ्ख्या २० पुग्यो, यी हुन् नयाँ गठबन्धनका मन्त्री



काठमाडौ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ  मन्त्रिपरिसद्काे संख्या २० पुर्याएका छन् ।

पुरानो गठबन्धन तोडेर नयाँ मन्त्रिपरिसदको विस्तार थालेका प्रचण्डले एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का २ जना थपेर मन्त्रिपरिषद २० सदस्यीय बनाएका हुन्।

नेकपा एसले भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा शहरी विकास मन्त्री बनाउँन नाम पठाएको उनीहरुको सपथ ग्रहण बाँकी छ ।

यसअघि प्रचण्डले नेकपा एमालेका ८ जना, नेकपा माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका थिए ।

जसमा एमालेको नेतृत्व गर्दै सरकारमा गएका सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री हुनेछन् । पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हाल्नेछन् । दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्नेछन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने वर्षमान पुन अर्थमन्त्री बनेका छन् । शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र समुना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार