विराटनगर : जीवन विकास लघुवित्त वित्तीय संस्थाले उदयपुरको ताप्लीमा नि:शुल्क ट्युसन सेन्टर सञ्चालन गरेको छ ।
ताप्ली गाउँपालिका– ५ गहतेमा बालबालिका अध्ययन केन्द्र (ट्युसन सेन्टर ) सञ्चालनमा ल्याइएको हो ।
उक्त सेन्टरको वडाका वडाअध्यक्ष विष्णु श्रेष्ठ र लघुवित्तको उदयपुर जिल्ला प्रमुख विश्वास श्रेष्ठले उद्धाटन गरेका छन् ।
यस्तै सुनसरीको दुहबी नगरपालिका– ४ मलहट्टी टोलमा पनि ट्युन्सन सेन्टर सुरु भएको छ । दुहबी ४ का वडा अध्यक्ष महम्मद मुस्तकिम मियाँ र लघुवित्तको आइएसडी विभाग प्रमुख विजयकुमार मण्डलले संयुक्त रुपमा ट्युसन सेन्टरको उद्घाटन गरे । ताप्लीको केन्द्रमा २५ जना र दुहबीको केन्द्रमा २७ जना बालबालिकाले निशुल्क ट्युसन पढिरहेका छन् ।