Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरका महिला शिक्षिका हरु बिदा कटौती गरेकोमा आक्रोशित



विराटनगर । विराटनगरमहानगरपालिकाअन्तर्गतका महिला शिक्षिकाहरूले बिदा कटौतीको निर्णय खारेज गर्न माग गर्दै आज मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् ।

शिक्षिकाहरूले तीज, ऋषिपञ्चमी लगायतका चाडपर्वमा प्रदान हुने बिदा यस वर्ष पनि कायम गर्नुपर्ने माग राखेका छन् । उनीहरूले विगत वर्षहरूमा जस्तै यस वर्ष २०८२ मा पनि सम्बन्धित महिलामैत्री बिदा नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

ज्ञापनपत्रमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघले महिलाको धार्मिक र सांस्कृतिक अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएको उल्लेख छ । साथै, बिदा कटौती गर्नु महिला शिक्षिकाहरूको अधिकारमाथि आघात भएको उनीहरूले बताएका छन् । उनीहरूले विधाका अरु विविध विषयमा पनि ध्यानाकर्षण गराएका छन् ।

शिक्षिकाहरूले भनेका छन् “तीज, ऋषिपञ्चमी जस्ता पर्व महिला शिक्षिकाहरूका लागि अत्यन्त महत्वपूर्ण छन् । यी चाडपर्वको अवसरमा प्रदान गरिँदै आएको बिदा हटाउनु अन्यायपूर्ण छ ।”

ज्ञापनपत्र बुझाउनेहरूमध्ये निर्मला चौधरी, दुर्गा बस्नेत, उषाकुमारी राय, सीमा ठाकुर र पशुपति बस्नेत लगायत रहेका छन् । उनीहरूले महानगरलाई तत्काल निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्। ज्ञापन पत्रमा २२६ महिलाहरूले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार