विराटनगर : मोरङको रतुवामाई नगरपालिकामा वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले माघ २० गते एक दिवसीय नकआउट भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
युवा संघ रतुवामाईका अध्यक्ष मिलन श्रेष्ठका अनुसार प्रतियोगिता २० गते बिहान १० बजेबाट सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ५ हजार एक सय र उपविजेताले ३ हजार एक सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताका सम्पूर्ण खेलहरु रतुवामाई ६ स्थित सौठा माध्यमिक विद्यालयको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।