Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भारतसंग नेपाल १० विकेटले पराजित



काठमाडौं। एसिया कप क्रिकेटअन्तर्गत समूह चरणकोको दोस्रो तथा अन्तिम खेलमा नेपाल भारतसँग १० विकेट पराजित भएको छ।
एक सय ४५ रनको लक्ष्य भारतले २०.१ ओभरमा विना क्षती पुरा गर्यो। भारतका कप्तान रोहित शर्माले ७४ र सुभमन गिलले ६७ रन बनाए।
वर्षाका कारण प्रभावित खेलमा भारतले २३ ओभरमा एक सय ४५ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो।
डकवर्क लुइस नियमका आधारमा भारतले नयाँ लक्ष्य पाएको थियो। त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन जोडेको थियो।
नेपाललाई पराजित गरेको भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार