विराटनगर । एसिया कप क्रिकेटअन्तर्गत नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य दिएको छ ।
टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन जोड्यो ।
नेपालको पालीमा आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८ र दीपेन्द्रसिंह ऐरीले २९ रन र गुल्सन झाले २३ रन जोडे । अन्यले दोहोर अंक बनाउन सकेनन् ।
भारतका मोहम्मद सिराज र रवीन्द्र जडेजाले ३र३ विकेट लिए । मोहम्मद सामी, हार्दिक पान्ड्या र सार्दुल ठाकुरले एकएक विकेट हात पारे ।
दोस्रो पारीको खेल सुरु भएपनि वर्षाका कारण रोकिएको छ । यो समाचार तयार पार्दासम्म २.१ ओभरको समाप्तिमा भारतले १७ रन जोडेको छ । वर्षाका कारण खेल अवरोध भइरहेको छ ।