विराटनगर : एसिया कपमा पाकिस्तानविरुद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ ।
पाकिस्तानका आघा सलमानलाई सन्दीप लामिछानेले क्याच आउट गराएका हुन् ।
उलने सलमानलाई ५ रनमा क्याच आउट गराए । सन्दीपको बलमा कुशल भुर्तेलले क्याच गरे ।
पाकिस्तानले २८ ओभरमा ४ विकेट विकेट गुमाएर एक सय २५ रन जोडेको छ ।