विराटनगर : नेकपा एमाले मोरङ-काठमाडौं सम्पर्क मञ्चले विभिन्न कार्यक्रमको आयोजना गरी तीज मनाएको छ ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सम्पर्क मञ्चले तीज मनाएको हो ।
सो अवसरमा मोरङ घर भई काठमाडौं बस्दै आएका महिलाहरुको बृहत् भेला समेत आयोजना गरिएको थियो ।
सम्पर्क मञ्चकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक पवित्रा न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य प्रमुख अतिथि रहेकी थिइन् ।
कार्यक्रममा केन्द्रीय सदस्य एवं कोशी प्रदेश सम्पर्क कमिटी इन्चार्ज नरेन्द्र श्रेष्ठ, सम्पर्क समन्वय कमिटी संयोजक श्याम बस्नेत, सम्पर्क समन्वय कमिटी सचिव इन्द्र भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
मञ्चका अध्यक्ष सुभाष सिग्देलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा उनीहरुले नाचगान गर्दै रमाइलो गरेका थिए ।