विराटनगर : चर्चित क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान गएका छन् । भदौ १३ गतेबाट सुरु हुने एसिया कपका लागि लामिछाने पाकिस्तान गएका हुन् ।
उनी आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाकिस्तान उडेका हुन् । सन्दीप आज ११ः२० बजे कतार एयरवेजको फ्लाइटमार्फत दोहा हुँदै पाकिस्तान गएका हुन् ।
लामिछानेलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विमानस्थल पुगेर बिदाइ गरेका थिए ।
नेपालीका अरु खेलाडी भने ५ गत नै पाकिस्तान गइसकेका छन् ।
बलात्कार मुद्दा खेपिरहेका लामिछाने आइतबार पेसी भएका कारण टोलीसँगै पाकिस्ता जान पाएका थिएनन् । सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो । मुद्धाको अर्को पेशी भदौ २१ गतेका लागि तोकिएको छ ।
प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग भदौ १३ गते र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।