विराटनगर : कोशी प्रदेश क्रिकेट संघको अध्यक्षमा विराटनगरका सर्वजित पाण्डे निर्वाचित भएका छन् । सोमबार भएको दोस्रो अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
पाण्डेले १९ मत ल्याएर विजय भएका हुन् भने उनका प्रतिद्वन्दी विप्लव घोष १३ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित भएका पाण्डे पूर्व राष्ट्रिय टिमका खेलाडीसमेत हुन् ।
उपाध्यक्षमा उदयपुरका अनुप ढुङ्गाना १८ मतले विजयी भएका छन् । उनका प्रतिद्वन्दी झापाका प्रवीण थापाले १४ मत प्राप्ग गरेका छन् ।
यस्तै सचिवमा इलामका टिकाराम पुरी र कोषाध्यक्षमा झापाका बिरु श्रेष्ठ निर्वाचित भएका छन् ।
कार्यसमितिको सदस्यहरूमा झापाका सुरेश गुरागाईँ, सचित आनन्द सुब्बा, नारद नेपाल, सुनसरीका सुमेश कुमार हलुवाई, शिवकुमार यादव, ताप्लेजुङका मिङ्मा डन्डु शेर्पा, विराटनगरका नवीन घिमिरे, अम्बिका बुढाथोकी र उदयपुरका रामकृष्ण आचार्य निर्वाचित भएका छन् ।