Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

तेक्वान्दो प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान



विराटनगर : भारतमा सम्पन्न ७ औं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान गरिएको छ । बिहीबार विराटनगरमा नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ कोशी प्रदेशले दक्षिण एसियाली प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गरेको हो ।

कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै १० जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । खेलाडीहरुले ७ स्वर्ण, ६ रजत र ६ कास्य गरी १९ वटा पदक जितेका थिए ।

मोरङकी कुसुम राजवंशीले २ स्वर्ण, सविना मगरले १ स्वर्ण र १ रजत, सोमबहादुर राजवंशीले १ स्वर्ण र १ रजत, केरिषा आचार्यले १ स्वर्ण र २ रजत, नितेश खवासले २ कास्य पदक जिते । त्यस्तै झापाका रोशन मगरले १ स्वर्ण र १ कास्य, श्यामप्रसाद बास्कोटाले १ कास्य, भोजपुरका वीरबहादुर तमाङले १ कास्य, सजिना तमाङले १ स्वर्ण, १ रजत र १ कास्य, पाँचथरका आलोक राईले १ रजत पदक जितेका छन् ।

भारतको हैदरावादमा अगस्त ४ देखि ६ तारेखसम्म प्रतियोगिता सञ्चालन भएको थियो । नेपालबाट ४५ जना खेलाडीले प्रतिनिधित्व गरेका थिए । जसमा १० जना कोशी प्रदेशका खेलाडी रहेका थिए ।

खेलाडीहरुलाई बधाई तथा शुभकामना दिँदै कोशी खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेले प्रदेश खेलकुद सधैं खेल र खेलाडीको विकासमा लागेको बताए । उनले आफू सदस्यसचिव भएपछि प्रदेशमा खेलकुदलाई चलायनमान बनाउँदै प्रदेशभर विभिन्न खेलकुदका कार्यक्रम गर्दै आएको बताए ।

खेलाडीहरुको सधै पक्षमा रहेको बताउँदै, सदस्यसचिवले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई खेलकुद बोर्डले नगदसहित सम्मान गर्नुका साथै उनीहरुको स्वास्थ्य बिमासमेत गर्दै आएको र आगामीमा दिन पनि यसलाई निरन्तरता दिन्छु ।’

सदस्यसचिव हंसराज वाग्ले, आइटिएफ तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, विराटनगर महानगरपालिका वडाध्यक्ष जितेन थापा, बासु बस्नेत, तीर्थेन्द्र न्यौपाने, श्याम घिमिरे, सूर्यनारायण महता, तेक्वान्दो संघका केन्द्रय सदस्य चतुरलाल चौधरी, तेक्वान्दो संघ कोशी प्रदेशका सचिव नवीन तामाङ र कोषाध्यक्ष ओमकुमार श्रेष्ठलगायतल खेलाडीलाई सम्मान गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार