विराटनगर : नेपाल खेलकुद महासंघ मोरङको आयोजनामा माध्यामिक विद्यालय स्तरीय खुल्ला म्याराथन प्रतियोगिता हुने भएको छ ।
महासंघले मदन भण्डारी को ७२ औं जन्मजयन्तीको अवसरमा असार ३० गते शनिबार प्रतियोगिता आयोजना गर्न लागेको हो ।
विराटनगरस्थित शहीद रंगशालामा हुने प्रतियोगितामा छात्र र छात्राको छुट्टाछुट्टै प्रतियोगित सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै दोस्रो पुरस्कार १० हजार, तेस्रो पुरस्कार ५ हजार, चौथो पुरस्कार ३ हजार र पाँचौ हुनेले नगद २ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
