विराटनगर : नेपाल मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन क्रिकेट कपको फाइनलमा प्रवेश गरेको छ । सोमबार सिंगापुरलाई सेमिफाइनल खेलमा पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
फाइनलमा अब नेपालले घरेलु टोली मलेसियासँग खेल्ने छ । मलेसियाले हङकङलाई ७८ रनले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।
नेपालले भने सिंगापुरलाई ९७ रन पराजित गरेको थियो ।
समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो । पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो ।
मलेसियाले थाईल्यान्डलाई पराजित गरेको थियो । मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले हराएको थियो ।