Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रुसले आणविक हतियार बेलारुस पठायो



एजेन्सी : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो खेप बेलारुस पठाएको बताएको द हिलले जनाएकाे छ । सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक हतियार गर्मीको अन्त्यसम्ममा उपलब्ध गराउने बताएका छन् ।

युक्रेनसँग सीमा जोडिएको देशमा रणनीतिक आणविक बम तैनाथ गर्ने योजनाको एक भागको रूपमा रुसले यो योजना अगाडि बढाएको बताइएको छ।

बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले रूसबाट बम र मिसाइलहरूूको पहिलो खेप प्राप्त गरेको बताएका छन् । लुकाशेन्कोले रुसी र बेलारूसी राज्य मिडियालाई भनेका छन्, ‘हामीसँग क्षेप्यास्त्र र बमहरू छन् जुन हामीले रूसबाट प्राप्त गरेका छौं । बमहरू हिरोसिमा र नागासाकीमा खसालिएको भन्दा तीन गुणा बढी शक्तिशाली छन् ।’

रुसले युक्रेनसँगको सीमा क्षेत्रमा परमाणु हतियार तैनाथ गरेको समेत बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार